रोनाल्डोकाे गोल बिनै युभेन्ट्सकाे जित

 इटालियन च्याम्पियन युभेन्ट्सले च्याम्पियन्स लिग  हंगेरीको फेरेन्कभारोसलाई  पराजित गरेको छ।

अवे मैदानमा बुधबार भएकाे खेलमा समूह ‘जी’ मा रहेको युभेन्ट्सले  फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरकेाे हाे।

युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे। एक गोल भने आत्मघाती थियाे।।

खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्ट्सले मोराटाको गोलमा अग्रता लियो। 

६० औँ मिनेटमा मोराटाले दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे। 

७२ औँ मिनेटमा मोराटाको स्थानमा मैदान प्रवेश गरेका डिबालाले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए। 

८१ औँ मिनेटमा‍ डिभालीले ८१ औँ मिनेटमा आत्मघाती गोल गरे। अन्तिम मिनेटमा फ्रान्क बोलीले घरेलु टोलीका लागि सान्त्वना गोल गरेका थिए।

जितसँगै युभेन्ट्सले ६ अंक जाेडेकाे छ।  शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने डिनामो किएभ र फेरेन्कभारोसको १-१ अंक छ।

बुधबार राति भएका अरु खेलमा समूह ई को चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ। यस्तै सोही समूहको सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ।

समूह एफ को खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रूगलाई ३–० ले पराजित गर्दा जेनिट सेन्ट–पिटर्सबर्ग र लाजिओले १–१ को बराबरी खेलेका छन्।

प्रकाशित मिति: : 2020-11-05 07:05:00

प्रतिकृया दिनुहोस्