कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै एउटै दिशाबाट आइरहेका से १ च ५०४८ नम्बरको ट्याक्टर र से ५ प १७६३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएकाे थियाे। 

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक शुरेश लामिछानेलाई अस्पताल पुराएलगत्तै मृत घोषणा गरिएको छ।

प्रकाशित मिति: : 2020-11-05 13:43:00

प्रतिकृया दिनुहोस्