कोरोनाले उनका बुवा बिते, ६ लाख रुपैयाँ बुझाउन नसक्दा अस्पतालमै अड्कियो तीन दिनसम्म शव

सेतोपाटी

काठमाडौँ
फाइल तस्बिर

रूमा रिजाल

विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय बलमान तामाङ (नाम परिविर्तन) को कोरोनाका कारण मृत्यु भएको आज पाँच दिन भयो। 

विराट टिचिङ अस्पतालमा बुवाको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर पाएको सास्ती उनकी छोरीलाई भुल्न सकस भइरहेको छ।

९ दिनअघि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए। शनिबार मृत्यु भएपछि उनको शव ३ दिनसम्म उठ्न सकेन। मृतककी छोरीका अनुसार अस्पतालमा भएको खर्च तिर्न नसकेपछि तीन दिनसम्म शव उठाउन सकिएको थिएन। 

उपचार खर्च ५ लाख ८६ हजार पुगेको थियो। 

'त्यत्रो पैसा हामीसँग थिएन अस्पतालले शव दिएन,' मृतक तामाङकी छोरीले भनिन्, ‘पैसाको जोहो गर्न  बुवाको शव अस्पतालमै छोडेर भौतारिएँ तर सकिनँ। अस्पतालबाट छिटो पैसा लिएर आइज तेरो बाउको लास लैजा भनेर हप्काए,’ उनले सेतोपाटीसँग भनिन्।

जिन्दगीमा धेरैलाई गन्तव्यमा पुर्‍याएका बुवालाई मरेपछि पुर्‍याइने गन्तव्यमा पुर्‍याउन सकिन्न कि भन्ने चिन्ताले उनी छटपटाइरहिन्। 

प्रकाशित मिति: : 2020-11-05 15:28:00

प्रतिकृया दिनुहोस्