नेपाल-भारत सम्बन्धः भारतीय गुप्तचर निकाय र सेनाका प्रमुखको भ्रमणपछि ‘नयाँ स्थिति निर्माण’

बिबिसी

काठमाडाैं

भारतीय गुप्तचर प्रमुखले 'खुला' ढङ्गले नेपालको भ्रमण गरेपछि उत्पन्न तरङ्ग बाँकी हुँदै भारतीय सेनाका प्रमुखले परम्परागत रूपमा चल्दै आएको नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन नेपाल आएका छन्।

कालापानी क्षेत्रको सीमा विवादले निम्त्याइदिएको नेपाल र भारतबीचको तिक्तता र त्यससँगै देखिएको संवादहीनता कायम हुँदै गर्दा भारतका दुई सुरक्षा निकायाका शीर्षस्थ व्यक्तिले नेपाल भ्रमण गरेका हुन्।

नेपालमा कोरोनाभाइरस महामारी अझै बढ्दो छ। अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द छन्। तर गोयल र नरवणेका लागि नेपाल भ्रमण गर्न ती कुनै कुरा बाधक भएनन्।

कतिपयलाई लाग्न थालेको छ - दुवै देश राजनीतिक तहको संवादको बाटोमा फर्किने वातावरण बन्दै गएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि त्यो संवाद अगाडि बढ्ने आशामा देखिन्छन्।

बीबीसीसँग छोटो कुरा गर्दै उनले भने, "भारतीय प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा भारतीय गुप्तचर प्रमुख आइसकेपछि र भारतीय सेना प्रमुखको भ्रमणले केही नयाँ स्थिति निर्माण गरेको छ, अब नेपाल-भारतबीच छलफलहरूको शृङ्खला अगाडि बढ्ने आशा छ।"

प्रकाशित मिति: : 2020-11-05 20:02:00

प्रतिकृया दिनुहोस्