टहरामा बस्ने ८० वर्षीया बजैको इन्स्टाग्राममा पसल!

सेतोपाटी

काठमाडाैं

एकदिन अपरिचित मान्छेहरू पूर्णशोभा तुलाधरको टहरामा आए।

उनीसँग कुराकानी गरे र फर्किए।

अर्को पटक उनीहरू फेरि आए। उनीहरूले टहरा वरिपरि सरसफाई गरे। पूर्णशोभालाई नुहाइदिए पनि। कपालमा कालो रङ लगाइदिए।

८० वर्षीया पूर्णशोभाले फुर्सदमा केही थैलीहरू बनाएकी थिइन्। ती मान्छेहरूले लिएर गएका थिए। ती थैली उनीहरूले कताकता कसकसलाई बेचे, आएको पैसा उनकै हातमा थमाइदिए।

पूर्णशोभा अलमल्ल परिन्। उनी ती मान्छेहरूलाई अचेल चिन्छिन्, तर कहाँबाट कसरी आए उनलाई अत्तोपत्तो छैन।

तिनै मान्छेले सामाजिक सञ्जालमार्फत 'बजैको पसल' भनेर पूर्णशोभाले बनाएका थैलीहरू बिक्री गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-11-06 08:34:00

प्रतिकृया दिनुहोस्