पिसिआर परीक्षणमा ‘पोजेटिभ’ र ‘नेगेटिभ’ रिपोर्टको गोलचक्कर

रातोपाटी

काठमाडाैं

कोरोनाभाइरस (कोभिड–१९) महामारीबारे विश्वभर नै विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । ठाउँअनुसार फरकफरक लक्षण देखिनु, मानिसअनुसार पनि फरकफरक लक्षण देखिनु, कसैको पिसीआर हप्ता दिनमै नेगेटिभ हुनु त कतिको महिनौंसम्म पनि पोजेटिभ नै आइरहनु । यस्ता फरकफरक लक्षण र अवस्थाले अहिले धेरैमा अन्यौलता र थप त्रास देखिएको छ । वास्तवमा कोरोना संक्रमित भइसकेपछि हाम्रो शरीरमा कति दिनसम्म भाइरस सक्रिय रहन्छ ? कस्तो अवस्थामा पिसीआर पोेजेटिभ देखिन्छ ? कस्तो अवस्थामा संक्रमित ढुक्क हुन सक्छ र सामान्य जीवनमा फर्कन सक्छ त ? भन्नेबारे आमचासो देखिएको छ ।

एक अध्ययनअनुसार संक्रमितको शरीरमा सक्रिय र निष्क्रिय भाइरसका टुक्राहरु (अवयवहरु) पाइन्छ यी दुवैलाई पिसीआरले पोजेटिभ देखाउँछ । र, यो सक्रिय भाइरस हो या निष्क्रिय पत्ता लगाउने परिक्षण विधिको विकास भइसकेको छैन । त्यसैले पनि हाल गरिएको पिसीआर विधिमा संक्रमितको संख्या बढेको देखिएको अनुमान गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा एक व्यक्ति जो संक्रमित भयो र उसको शरीरमा भाइरस निष्क्रिय हुँदा पनि पिसीआर भने पोजेटिभ नै देखिनुले एकै व्यक्ति बारम्बार नयाँ संक्रमितको सूचिमा गणना भइरहन्छ । केही बाहेक निजी तथा व्यापारिक हिसावले खोलिएका ल्यावहरुले पिसीआर परीक्षण कतिऔं पटक हो र उक्त व्यक्ति संक्रमित हो या होइन भन्ने डाटा नै राख्ने गरेको पाइँदैन । यसले पनि संक्रमितको संख्या बढेको पाइन्छ ।

प्रकाशित मिति: : 2020-11-06 08:37:00

प्रतिकृया दिनुहोस्