ओलीलाई फकाउन असन्तुष्ट पक्ष बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप) सचिवालयका नौमध्ये पाँच नेताहरु बालुवाटार पुगेका छन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन अन्तुष्ट पक्षका सदस्यहरु बालुवाटार पुगे पार्टीका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार करिव तीन घण्टा प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरु अनौपचारिक छलफलमा गरेर बालुवाटार पुगेका हुन्।

शुक्रबार पनि धुम्बाराहीमै बसेकाे बैठकमा पाँच सदस्यहरुले पार्टी अध्यक्ष ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए।

सचिवालयका नौमध्ये पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन्।
 

प्रकाशित मिति: : 2020-11-07 11:52:00

प्रतिकृया दिनुहोस्