कांग्रेस बैठक चौथो पटक सर्‍यो

 कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चौथो पटक सरेको छ। 

सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको हाे। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ। 

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो।

पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने जनाउ दिएपछि पटक पटक बैठक सर्दै आएको छ। 

प्रकाशित मिति: : 2020-11-08 19:36:00

प्रतिकृया दिनुहोस्