आइपीएल: दिल्लीले रच्याे इतिहास, पहिलाेपल्ट फाइनलमा प्रवेश

दिल्ली

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनलमा प्रवेश गरेकाे छ।

सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेकाे हाे।

जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो।

हैदराबादका लागि केन विलियम्सनले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का हिर्काए।

यस्तै अब्दुल समादले ३३ रन जोड्दा राशिद खानले ११ रन बनाए। अब्दुलले १६ बलमा २ छक्का र २ चौका हिर्काए। खान ११ रनमा क्याच आउट हुन पुगे।

मनिस पाण्डे २१ रनमा आउट हुँदा प्रियान गार्गले १७ रन बनाए। पान्डेले १४ बलमा ३ चौका हिर्काए। यता गर्गले १२ बलमा २ छक्का हिर्काए। जासन होल्डरले ११ रन तथा कप्तान डेभिड वार्नरले मात्र २ रन बनाए।

दिल्लीका कागिसो रबडाले ४ विकेट लिए। मार्कुस स्टोनिसले ३ तथा अक्षर पटेलले १ विकेट लिए। रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका हुन्। स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर। अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो।

दिल्लीका लागि शिखर धवनले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। शिम्रन हिटमायर ४२ रनमा अविजित रहे।

धवनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। यता हेटमायरले २२ बलमा ४ चौका र १ छक्का हिर्काएका थिए।

यस्तै मार्कुस स्टोनिसले ३८ रन जोड्दा कप्तान श्रेयस एयरले २१ रन बनाए। स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का हिर्काए। यताऐरले २० बलमा १ चौका हिर्काए।

हैदराबादका जासन होल्डर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए। खानले ४ ओभरमा २६ रन खर्चेर। होल्डरले ४ ओभरमा ५० रन खर्चे।  यता शर्माले ४ ओभरमा ३० रन खर्चे। 

दिल्लीले अब उपाधिको लागि फाइनलमा मंगलबार साविक विजेता मुम्बई इन्डियन्ससँग खेल्ने छ।

खेल दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ। हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

प्रकाशित मिति: : 2020-11-08 23:32:00

प्रतिकृया दिनुहोस्