डोनल्ड ट्रम्प किन हारे ?

बिबिसी

काठमाडाै‌

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ७० करोडभन्दा बढी मत प्राप्त गरेका छन् जुन त्यहाँको इतिहासमै दोस्रो ठूलो मतसङ्ख्या हो।

कुल खसेको मतमा उनले ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् एवम् उनले ठूला फ्लोरिडा र टेक्सससहित २४ राज्यमा जितेको देखिन्छ।

देशको केही भागमा ट्रम्पको असाधारण पकड देखिन्छ। तर उनी पराजित भएका छन्।

अमेरिकाको आधुनिक इतिहासमा निर्वाचन हार्ने उनी चौथो बहालवाला राष्ट्रपति बन्न पुगेका छन्। त्यस्तै लगातार दुईवटा निर्वाचनमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न असफल उनी पहिलो राष्ट्रपति बनेका छन्।

सन् २०१६ मा ट्रम्पले चुनाव जित्नुको आंशिक कारण उनी सामान्य मान्यताभन्दा फरक मत राख्ने राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्ति थिए जो पहिले कहिल्यै नभनिएका कुराहरू बोल्न तयार थिए।

तर सन् २०२० मा उनले चुनाव हारे जसको आंशिक कारण पनि यही विषय बन्न पुग्यो।

सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई भोट दिएका केही मानिसहरू उनको अत्यन्तै आक्रामक शैलीका कारण उनीबाट टाढिएको छन्।

अमेरिकाका प्रमुख शहरहरूका बाहिरी भागमा रहेका स्थानहरूमा यो कुरा साबित भएको देखिन्छ जहाँ डेमोक्र्याटिक पार्टीले आफ्नो अवस्था सुधार गरेको छ।

जातीय मुद्दालाई बढवा दिनु, ट्विटरमा नस्लवादी भाषाको प्रयोग गर्दै अश्वेत मानिसलाई व्यङ्ग गर्नुजस्ता कारण उनका समर्थकहरू चिढिएका थिए।

प्रकाशित मिति: : 2020-11-09 10:52:00

प्रतिकृया दिनुहोस्