नेकपाको नियति– न सहमति गर्न सक्ने, न सम्बन्धविच्छेद !

लोकान्तर

काठमाडाै‌

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न २०७५ जेठ ३ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्षले कार्यकर्तालाई हौस्याउन किस्सा र टुक्का सुनाएका थिए । 

केपी शर्मा ओलीले प्रयोग गरेको विम्ब अहिले पनि राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनिरहन्छ– नेकपा जेट । एउटा पार्टीमा दुई अध्यक्षको अनौठो शैलीलाई कतिपयले व्यंग्य गरेपछि ओलीले भनेका थिए– ‘टेम्पु हो र ? जहाज उडाउन दुई पाइलट चाहिन्छ नि !’ 

पुष्पकमल दाहाल प्रचण्डले चाहिँ विज्ञानको फर्मुलाको उदाहरण दिँदै सोही दिनबाटै नेकपा अन्तरघुलन भएको दाबी गर्दैै भनेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेपछि त्यसबाट एक अर्कालाई अलग गर्न सकिँदैन ।’ 
त्यति नै बेला पूर्व माओवादी पृष्ठभूमिका एक नेताले एमाले र माओवादीलाई जोड्ने कसी गोबर भएको र यसले दुई धातुलाई लामो समय जोडिराख्न सक्ने टिप्पणी गरेका थिए । 

पार्टी एकीकरणको अढाइ वर्षमा दुवै जना एक अर्काका लागि ‘घाँडो’ बनिरहेका छन् । जहाजका क्याप्टेनलाई ‘को पाइलट’ले जहाज अर्कैतिर मोड्न खोज्ने आशंका देखिन्छ । ककपिटमा बसेका पाइलटको झगडाका कारण नेकपा नामक जेट टर्बुलेन्समा परेको छ । 

प्रकाशित मिति: : 2020-11-09 10:55:00

प्रतिकृया दिनुहोस्