६ वर्षपछि बिग ब्यासमा फर्किए स्टार्क

बिएल संवाददाता

काठमाडाै‌ं

अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले सिड्नी सिक्सर्सबाट बिग बास लिग (बीबीएल) खेल्ने भएका छन्।

सिड्नीले सोमबार बलर स्टार्कलाई अनुबन्ध गरिएको जनाएको छ।

३० वर्षीय बलर ६ वर्षपछि बीबीएल टिममा आबद्द भएका हुन्।

स्टार्कले सन् २०११र१२ मा सिड्नीबाटै बिबिएल खेलेका थिए। 

त्यस सिजन सिड्नीले पहिलो पटक बीबीएलको उपाधि जितेको थियो। त्याे बेला स्टार्कले ६ खेलमा १३ विकेट लिएका थिए।

पछिल्लो पटक स्टार्कले सन् २०१४/१५ को सिजन सिड्नीबाट बीबीएल खेलेका थिए।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ।

प्रकाशित मिति: : 2020-11-09 14:59:00

प्रतिकृया दिनुहोस्