कनकासुन्दरीमा डोजरको ट्युव पड्किएर एकको मृत्यु

संकेतिक तस्वीर
संकेतिक तस्वीर

सिंजामा डोजरको ट्युव पढ्केर एक जनाको मृत्यु भएको छ। 

कनकासुन्दरी गाउँपालिका २ उल्खेका ५९ वर्षीय धनराम रावतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

डोजरको टायरमा हावा भर्नेक्रममा ट्युव पड्केर रावतको मृत्यु भएको हो।

रावतको शवलाई पोष्टमार्टमका लागि जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।
 

प्रकाशित मिति: : 2020-11-10 06:19:00

प्रतिकृया दिनुहोस्