‘ए मेरो हजुर ३’ले ट्रेनिङको शीर्षस्थानमा

Breaknlinks
Breaknlinks

चलचित्र ‘ए मेरो हजुर ३’ले युट्युब ट्रेनिङको शीर्षस्थानमा पर्न सफल भएको छ। 

 गत ४ नोभेम्बरमा सार्वजनिक चलचित्र अहिले युट्युब ट्रेनिङको शीर्षस्थानमा पुगेको हो। 

यो चलचित्रले ५० लाख बढी भियुज पाएको छ। 

करिब डेढ बर्ष अगाडि रिलिज भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन्।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

चलचित्रमा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन्। 

प्रकाशित मिति: : 2020-11-10 13:10:00

प्रतिकृया दिनुहोस्