कोरोना महामारी नियन्त्रणमा सरकार असफल भयाे: राप्रपा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको मंगलबार बसेको बैठकले उक्त निर्णय निकालेको हो। 

‘कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्ष गर्नेबारे छलफल भएको छ,’ थापाले भने। 

बैठकले स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने निर्णय समेत गरेको छ।


 

प्रकाशित मिति: : 2020-11-10 14:56:00

प्रतिकृया दिनुहोस्