कोरोनाको भय चिर्दै जुर्मुरायो प्याराग्लाइडिङ, पालो पाउन पनि ३ दिनअघि बूकिङ गर्नुपर्ने अवस्था

लोकान्तर

काठमाडाैं

कोरोनाभाइरस (कोभिड १९)को प्रभावले ६ महिनासम्म ठप्प बनेको प्याराग्लाइडिङ क्षेत्र यतिखेर चलायमान हुन थालेको छ । 

आकाश नै ढाकिने गरी उड्ने प्याराग्लाइडिङको ताँतीले पर्यटकीय क्षेत्र पोखराको आन्तरिक पर्यटन प्रबर्द्धनमा सघाउ पुगेको छ । 

नेपाल हवाई खेलकुद संस्था (ना) ले विगतको तुलनामा शुल्कमा भारी छूट गरेपछि आकाशमा चराझैं घुम्ने रहर पालेकाहरू थप आकर्षित बनेका हुन् । 

कोभिड–१९ प्रभावले थलिएका कारण पोखराका होटल तथा रेष्टुरेन्टहरू तथा विभिन्न क्षेत्र पूर्णरूपमा सञ्चालन नआइसक्दा पोखरेली आकाशमा भने ग्लाइडर फन्कोले केही भए पनि पर्यटन क्षेत्रमा उत्साह थपेको छ । पोखरा–१५ का तिलक थापा यहाँका रैथाने हुन् । उनी उमेरले ५० वर्षका भए । साहसिक खेल प्याराग्लाइडिङ पोखराको आकाशमा विगत दुई दशकदेखि उडेको उनले नदेखेका होइनन् । पेशाले रेष्टुरेन्ट तथा स्कूल सञ्चालक समेत रहेका थापालाई उड्ने रहर भएपनि कहिल्यै मेसो मिलेको थिएन । यसबेला दशैंको बिदामा उनीमात्र होइन, परिवारका सदस्यसहित एकैपटक ७ जनाले प्याराग्लाइडिङको मज्जा लिए ।

प्रकाशित मिति: : 2020-11-11 17:13:00

प्रतिकृया दिनुहोस्