गोरखामा चितुवा मृतावस्थामा फेला

जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ ।  गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको  हो ।

स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा आज ल्याइएको  कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

‘वयस्क पोथी चितुवा कसरी म¥यो भन्ने यकिन नै त भइसकेको छैन,  घटनाको प्रकृति हेर्दा दुई वटा चितुवा जुधेर एउटा मरेको हुन सक्ने देखिएको छ’, उनले भने ।  मृत चितवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ थियो ।

मृत चितुवाको अवस्था हेर्दा दुई दिनअघि मरेको हुन सक्ने कार्यालय प्रमुख श्रेष्ठले बताए । 

पछिल्लो समय जिल्लाभित्र चितुवा मृतावस्थामा भेटिने क्रम बढेको छ । गत भदौमा पनि आरुघाट गाउँपालिकामा कुकुरले टोकेर एक चितुवा मारिएको थियो ।

प्रकाशित मिति: : 2020-11-12 12:20:00

प्रतिकृया दिनुहोस्