भारतको आग्रामा कार दुर्घटना, तीन नेपालीको मृत्यु

भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ।

नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो।

उनीहरु दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका बेला  दुर्घटनामा परेका हुन्।

दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। 

घटनास्थलमै मृत्यु हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन। 

दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पुर्‍याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको खत्रीले जानकारी दिएका छन्। दुर्घटनामा चालक भने सामान्य घाइते भएका छन्।

प्रकाशित मिति: : 2020-11-12 12:30:00

प्रतिकृया दिनुहोस्