(इतिहास) मृत्यु शैय्यामा महाकवि : अखबारका पानादेखि नेताका वक्तव्यसम्म

शिलापत्र

काठमाडौं

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती हरेक बर्षको लक्ष्मीपूजाका दिनमा नेपाल सहित नेपाली भाषी रहेका संसारभरका ठाउँहरुमा मनाइँदै आइएको छ । वि.सं. १९६६ मा काठमाडौंमा जन्मिएका देवकोटाको देहावसान वि.सं.२०१६-भाद्र-२९ गतेका दिन पशुपति आर्यघाटमा भएको थियो।

महाकविका अन्तिम दिनहरु उनी विरामी भई शान्तभवनमा उपचारत, मृत्युुशैय्यामा आर्यघाटमा छटपटाउँदा, आर्यघाटमा निधन र निधन पछिको श्रद्धाञ्जलि लगायतका खबरहरु त्यतिबेलाका अखबारमा छापिएका थिए। तिनै केही अखबारका समाचारहरुलाई हामीले इतिहासको बिस्मृतिबाट वर्तमानमा ल्याएका छौं।

यो लेखमा महाकविको अगुवाईमा गठन भएको काव्य प्रतिष्ठान, उनले दिल्ली र ताजकिस्तानमा भाग लिएका दुई वटा अन्तर्राष्ट्रिय लेखक सम्मेलन, उनको मन्त्रीको जिम्मेवारी लगायतका विषय पनि संक्षिप्त रुपमा समेटिएको छ। विशेषत: यो लेख महाकविको मृत्यु शैय्या र निधन पश्चातको श्रद्धाञ्जलिमा केन्द्रित छ। तत्कालीन समयमा नेपालको राज्य व्यवस्था, नेपाली समाज,  नेपालका साहित्यकारहरुले महाकविको अन्तिम अवस्थामा उनी प्रति गरेको व्यवहार र दर्शाएको स्नेह समेत आजको पुस्ताले इतिहासको तथ्यबाट बुझ्न सकोस् भनि त्यतिबेला छापिएका अधिकांश समाचार,  सम्पादकीय र समवेदनालाई जस्ताको तस्तै साभार गरेर यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: : 2020-11-13 09:04:00

प्रतिकृया दिनुहोस्