बढ्दो जाडो : कोरोना मात्रै हैन, मौसमी फ्लू र प्रदूषणको पनि उत्तिकै खतरा !

रातोपाटी

काठमाडाैं

अब विस्तारै जाडो मौसम सुरु भएको छ । जाडो मौसममा भाइरसहरुको क्रियाकलाप बढ्ने भएकाले बिरामीहरुको संख्या झनै बढ्ने चिकित्सकहरु बताउँछन् । सामान्यतः अरुबेला पनि चिसोयाममा विभिन्न प्रकारका रोगको प्रकोप बढ्ने त छँदैथियो, झन् यसपटक कोरोनाभाइरस कोभिड—१९ को प्रकोप झनै बढेर जान सक्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् ।

विशेष गरेर जाडो मौसममा मौसमी फ्लू र कोरोनाभाइरसको संक्रमणका बिरामी बढ्न सक्ने देखिएको त्रिवि शिक्षण अस्पताल (टिचिङ) का वरिष्ठ छातीरोग विशषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दास बताउँछन् ।

उनका अनुसार वर्षेनी चिसो मौसममा  चिसो याममा मौसमी फ्लूका बिरामी बढ्ने गर्छन् । यसो हुनुको कारण इन्डेमिक रुपमा वातावरणमा इन्फ्लुएन्जा भाइरको प्रभाव बढ्ने भएकोले हो । 

जाडो मौसममा कोभिड—१९ र मौसमी फ्लू सँगसगै अगाडि बढ्ने डा.दासको भनाइ छ । चिसोमा कोरोनाभाइरस र मौसमी फ्लूको भाइरसले निमोनिया गराउँछ । जाडोमै रुघाखोकी लगाउने विभिन्न भाइरसहरु पनि क्रियाशील हुने गर्छ । तीमध्येका प्रमुख भाइरस राइनोभाइरस (Rhinovirus) र एडिनोभाइरस (Adenovirus) हुन् ।

प्रकाशित मिति: : 2020-11-13 13:27:00

प्रतिकृया दिनुहोस्