बंगलादेशविरुद्ध यस्ताे छ नेपालकाे सुरुवाती ११

बिएल संवाददाता

काठमाडाै‌ं
तस्वीर: एन्फा
तस्वीर: एन्फा

नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत शुक्रबार हुने पहिलो खेलको लागि सुरुवाती ११ घोषणा गरेको छ।

खेल ढाकास्थित बंगबन्धु रंगशालामा अपरान्ह ४:४५ बजे सुरु हुनेछ।

नेपालले प्रारम्भिक ४-२-३-१ को फर्मिसनमा उत्रिँदै छ। 

गोलरक्षकमा टोलीको कप्तान समेत रहेका किरण चेम्जोङ छन्। डिफेन्समा अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल र र विकास खवास छन्। विकास यही खेलबाट राष्ट्रिय टाेलिमा डेब्यु हाे।

यता मिडफिल्डमा विक्रम लामा, तेज तामाङ छन्  । आक्रामक मिडफिल्डको दुई विंग्समा अन्जन विष्ट र रवि पासवान र सुजल श्रेष्ठ छन्। 

आक्रमणमा नवयुग श्रेष्ठ छन्।

नेपालको सुरुवाती ११ : किरण चेम्जोङ – विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल – विक्रम लामा, तेज तामाङ – रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट – नवयुग श्रेष्ठ

नेपालको बेन्च : एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ

प्रकाशित मिति: : 2020-11-13 15:52:00

प्रतिकृया दिनुहोस्