पोखरेलले भने– ओलीविरूद्धको एकल प्रस्ताव फिर्ता गर्नुहोस्

बिएल संवाददाता

काठमाडाै‌ं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।

पोखरेलले प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको उल्लेख गरेका छन्।

शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष प्रचण्डले बहुमतको निर्णय नमानेको आरोप लगाएका छन्।

पार्टी सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको समेत उल्लेख गरेका थिए।

प्रचण्डलाई सम्बोधन गरिएको पत्र सचिवालयका अन्य सदस्यहरुलाई समेत बोधार्थ पठाइएको छ।

उनले प्रचण्डलाई एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गरेका छन्।

‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु,’ भनेका छन्।

प्रकाशित मिति: : 2020-11-14 10:06:00

प्रतिकृया दिनुहोस्