बर्मेली चुनावमा हारेका तीन गोर्खाली

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

दीपक भट्टराई

दुई साता अगाडि बर्मेली चुनावबारेको लेख टुङ्गाएको थिएँ, ‘गोर्खाली उम्मेदवारमध्ये छिन प्रान्तका सुन्दरको केही ‘चान्स’ छ कि? अरु दुई उम्मेदवारको चुनाव जित्ने हिसाबमा कुनै अर्थ छैन । राजनीतिको नशा लागेकालाई भने चुनावमा उम्मेदवारी दिनुले मात्र पनि सन्तुष्टि दिँदो हो ।’

चुनावको परिणाम आउन थालेपछि मैले सुरुमै सुन्दर मानलाई फोन गर्न थालें । पटक पटकको प्रयासमा पनि फोन सम्पर्क हुन सकेन । फेसबुकमा मेसेज छाडिदिएँ । सुन्दर मानको फेसबुक नाम चाहिँ काबिया सया हो । बर्मेली भाषामा काबिया भनेको कवि र सया भनेको सर अथवा कविता लेख्ने आदरणीय । उनले कविताको तीन वटा पुस्तक प्रकाशित गरिसकेका छन् ।

नेपालीभाषी मात्र होइन बर्मामा बर्मेलीबाहेक अन्य मातृभाषीको बर्मेली नाम र घरमा बोलाइने छुट्टै नाम हुन्छ । बर्मामा बर्मेलीबाहेक सयभन्दा धेरै अन्य भाषी वा जाति छन् । बर्मेलीकरणको चपेटामा परेकाले धेरैले बर्मेली नाम भने राखेकै हुन्छन् ।

सुन्दरमानको त झन् तेस्रो नाम पनि छ जुन उनको सरकारी नाम हो । छिन प्रान्तका भएकाले उनको छिन नाम, सलाई ङेपी थिहाँ उक थाङ । ‘किन नि यति लामो नाम ?’

प्रकाशित मिति: : 2020-11-14 12:19:00

प्रतिकृया दिनुहोस्