ओली र प्रचण्डबीच ‘लेटर बम’ आदान–प्रदान

कपामा पार्टी बैठक, समूहगत छलफल र कहिलेकाहीँ सार्वजनिक कार्यक्रममै एक–अर्काबीच आरोप–प्रत्यारोप सामान्य थियो । तर, पछिल्लो विवादमा शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप लिखित रूपमै पेस भएका छन् । सुरुमा २२ कात्तिकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ)ले सचिवालयको बैठकको माग गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पत्र बुझाएका थिए ।

पार्टी र सरकार सञ्चालनका केही प्रश्नसहित आफूलाई बुझाइएको पत्रको ओलीले २५ कात्तिकमा लिखित रूपमै जवाफ दिए । ओलीले आफूमाथि निसाना लगाएर जवाफ लेखेपछि प्रचण्डले २८ कात्तिकमा फेरि ओलीलाई जवाफी पत्र लेखेका थिए । 

प्रकाशित मिति: : 2020-11-14 14:42:00

प्रतिकृया दिनुहोस्