ट्रम्पद्वारा आफ्नो हार हैन, बाइडनको जीत स्विकार

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पले अन्तत: बाइडनको जीत स्विकार गरेका छन्।चुनाव सकिएको १३औं दिनमा उनले आफ्नो हारभन्दा पनि बाइडनको जीत स्विकार गरेका हुन्।तर, त्यसमा पनि उनले धाँधली गरेर जितेको कैफियत राख्न भने छोडेका छैनन्। 

आइतबार विहानै गरिएको ट्विटमा उनले लेखेका छन्, 'He won because the Election was Rigged. NO VOTE WATCHERS OR OBSERVERS allowed, vote tabulated by a Radical Left privately owned company, Dominion, with a bad reputation & bum equipment that couldn’t even qualify for Texas (which I won by a lot!), the Fake & Silent Media, & more!' 

नेपालीमा यसको ठ्याक्कै अनुवाद नभएर पनि यसको अर्थ हुन्छ, ' उसले जित्यो किनभने चुनावमा धाँधली भयो। मतगणना हेर्ने र पर्यवेक्षण गर्ने कसैलाई प्रवेश दिइएन, एक अतिवादी वामपन्थी निजी स्वामित्वको कम्पनी डोमिनियनले मतगणना टेबल गरेको थियो जसको खराव प्रतिष्ठा छ र उसको खराब उपकरण जुन टेक्सासका लागि पनि योग्य हुन सकेन( जहाँ मैले धेरैले जितें)। नक्कली, मौन मिडिया अनि अरू पनि !'

ट्रम्पले पहिलोपल्ट बाइडनको जितेको स्विकार गरेको ट्विट हो यो। तर, यसमा उनले चुनावमा धाँधली भएको फगायतका अन्य फतुर लगाएकाले ट्विटरले यसमा आफ्नो कैफियत लेख्यो, 'This claim about election fraud is disputed.' यसको अर्थ हो, चुनावमा धाँधली भएको भन्ने दाबी विवादित छ।

जे होस् ढिलै भए पनि ट्रम्पले आफ्नो हारभन्दा पनि बाइडनको जीत स्वीकार गरेका छन्। यसका लागि उनलाई चौतर्फि दबाब बढेको थियो। अमेरिकी जनमतले उनलाई प्रष्टसँग जनादेश दिएकै थियो, श्रीमतीसहित परिवारका बहुमत सदस्य पनि ट्रम्पको जिद्दी अति भएको निर्कर्षमा पुगेका थिए। ट्रम्पलाई उकासेर झगडाको खेती गरिरहन चाहने केही वकिल र उनका अन्धभक्तबाहेक रिपब्लिकन पार्टी पनि उनको रबैयाबाट आजित भैसकेको थियो। ट्रम्पले रिपब्लिकन पार्टी नै हाइजेक गरिसकेकाले पार्टीका धेरै नेताको मुख बुजो लागे पनि केहीले मुख खोल्न थालिसकेका थिए।

यसैबीच शनिबार वासिङ्टन डीसीमा आफ्ना समर्थक र ब्लाक लिभ्स म्याटर्सका समर्थकबीच झडप भए पनि उनी बाइडनको जीत स्वीकार्न बाध्य भए। डेमोक्रेट्सको गढ मानिएको राजधानी डीसीमा चुनाव हारिसकेका ट्रम्पले जोरी खोजेर बाहिरबाट ल्याइएका समर्थकलाई जोगाउन सक्ने कुरै थिएन।

ढिलोचाँडोको कुरा हो, जनवरी २० मा ह्वाइट हाउस छोड्नु अगाडि नै बाइडनको जीतका सबै प्रक्रियाले औपचारिकता पाउँनेछन् ।र, ट्रम्पले हार स्विकार नगरे पनि उनी ह्वाइट हाउस छोड्न बाध्य हुनेछन्। अमेरिकी जनता त्यही दिनको प्रतीक्षामा छन्।

उता, रक्षासचिव एस्परलाई बर्खास्त गरिसकेपछि अमेरिकी सेना पनि उनको रबैयाबाट चिढिएको छ। उनले सेनाबाट पनि आफ्नो पक्षपोषण हुने अपेक्षा गरेका थिए। तर, जनादेश गुमाएका र स्थापित अमेरिकी मूल्य, मान्यता र परम्परामाथि नै धावा बोल्ने ट्रम्पको पक्षमा सेना लाग्ने कुरै थिएन।

यसैगरी ट्रम्पले आफूले नियुक्त गरेका न्यायाधीशहरूबाट पनि आफ्नो पक्षमा फैसला आउने अपेक्षा गरेका थिए। तर, उनको चुनावमा धाधली भएको दावी प्रमाणहिन रहेको भन्दै ठाउँठाउँमा न्यायाधीशले उनको विपक्षमा निर्णय सुनाए। यसबाट पनि ट्रम्प निरूपाय बन्दै गए। यद्यपि, उनले मुद्दाको खेती गर्न छोडेका छैनन्। वकिल फेर्दै मुद्दा हाल्ने तयारी गरिरहेकै छन्।

ढिलोचाँडोको कुरा हो, जनवरी २० मा ह्वाइट हाउस छोड्नु अगाडि नै बाइडनको जीतका सबै प्रक्रियाले औपचारिकता पाउँनेछन् ।र, ट्रम्पले हार स्विकार नगरे पनि उनी ह्वाइट हाउस छोड्न बाध्य हुनेछन्। अमेरिकी जनता त्यही दिनको प्रतीक्षामा छन्।

तर, यसैबिच धन्धुकारी स्वभावका ट्रम्पले जनवरी २० अघि के के गरेर जाने हुन् भन्ने चिन्ता अमेरिकामा बढेको छ। उनी जनवरीमा २० सम्म संविधानत: पूरापूर अधिकार भएका राष्ट्रपति भएकाले हारे पनि उनी राष्ट्रपतिका सबै अधिकार प्रयोग गर्न सक्छन्। उनले आफू र आफ्नालाई क्षमादान दिनेलगायतका उटपट्याङ र लाजमर्दा कामहरू नगर्लान् भन्न सकिन्न। कोरोना कहर र अर्थतन्त्रलाई मात्र हैन, कहीँ युद्धको घोषणा गरेर आफ्ना उत्तराधिकारीलाई थप अप्ठ्यारो नपार्लान् भन्न पनि सकिन्न। यतिबेला अमेरिका जाँदाजाँदै उनीबाट हुने नोक्सानी कसरी कम गर्ने भन्ने चिन्तामा छ। उनले बाइडन र उनले चार वर्षका लागि जितेको ह्वाइट हाउसलाई अप्ठ्यारो पार्न कुनै कसर बाँकि राख्दैनन्। यसबाट अन्तत: अमेरिका र अमेरिकी जनतालाई नै अप्ठ्यारो पर्ने हो तर त्यसका लागि उनी चिन्तित होलान् भन्ने अपेक्षा गर्न सकिने अवस्था छैन।

प्रकाशित मिति: : 2020-11-15 23:05:00

प्रतिकृया दिनुहोस्