‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ बंगलादेशलाई

बिएल संवाददाता

काठमाडाै‌ं

‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ काे उपाधि घरेलु टाेली बंगलादेशले जितेकाे छ।

मंगलबार भएकाे खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले र बंगलादेश गोलरहित बराबरीमा राेकेपछि दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको हाे ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा पराजित नेपाल  २-० ले पराजित भएकाे थियाे। सिरिजको उपाधि जित्न नेपालले आज कम्तिमा जितको नतिजा निकाल्नुपर्ने थियाे। 

बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुने थियाे।

नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो। 

बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो। त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी खेलेकाे थियाे। तर २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो नेपालले।

प्रकाशित मिति: : 2020-11-17 18:55:00

प्रतिकृया दिनुहोस्