उद्योग वाणिज्य महासंघ निर्वाचन: मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन समितिले निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको छ। 

समतिले महासंघको जिल्ला नगर संघ, वस्तुगत र एसोसियटतर्फका सदस्यहरुको नामावली प्रकाशित गरेको हो।

मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभाका लागि वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन्। 

सूचनामा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन्। जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन्। जसमा १२ वटा सदस्यहरु रहेका छन्। 

यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन्। महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन्।

यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन्।

नामावलीमा रहेका तर नविकरण हुन बाँकी सदस्य संघ/संस्थाहरुले मंसीर ११ गते विहान ९ बजेसम्म आर्थिक २०७६/७७ सम्मको वार्षिक शुल्क बुझाई तोकिए बमोजिम प्रतिनिधि मनोनयन गर्नु पर्ने सूचनामा उलेलेख छ।

प्रधानको प्यानलबाट जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ अञ्जन श्रेष्ठ र एसोसिएट्सतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन्। ढकालको प्यानलबाट जिल्लानगरतर्फ गुणनिधि तिवारी, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटसतर्फ रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2020-11-18 14:21:00

प्रतिकृया दिनुहोस्