गाउँपालिका जसले गाउँलेका गुन्द्रुक, सिन्की किनबेचको चाँजो मिलाउँछ

फाइल तस्बिर

भगवती पाण्डे

गुल्मी धुर्कोट गाउँपालिकाका महिलाहरूलाई खेतबारी र घरका कामले फुर्सद त पहिले पनि हुँदैनथ्यो। तर काम गरेको पैसा नआउने! त्यसैले उनीहरूका कामको कुनै मोल थिएन। 

गाउँपालिकाले गएको भदौ अन्तिम साता गरेको एउटा निर्णयले उनीहरूको कामको मूल्य दिने भयो। कामको मूल्य हुनु भनेको जिन्दगी फेरिनु। 

यो गाउँका गृहिणीकोमात्र होइन किसान महिला/पुरूष सबैको जिन्दगी गाउँपालिकाको त्यही निर्णयले फेरिएको छ।

धुर्कोट- ७ वाग्लाकी बिन्दु पन्थी आफूले बारीमा लगाएका मूला हुर्किने कहिले होला भनेर कुर्दै छिन्। 

मूला हुर्किएपछि उनले दुइटा काम गर्ने छिन्। पहिलो मूला उखेलेर त्यसको पातको सिन्की अनि जराको गुन्द्रुक बनाउने छिन्। दोस्रो मूलाका चाना काटेर सुकाउने छिन्। 

यी दुवै चिज हिउँदमा तरकारी हुन्छन्। यी सबै उनले परिवारले खानको लागिमात्र बनाउने छैनन्। बेच्नलाई पनि ठिक्क पार्ने छिन्।

उनले कहाँ लगेर बेच्ने छिन् त?

प्रकाशित मिति: : 2020-11-18 15:19:00

प्रतिकृया दिनुहोस्