नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको नैकापमा २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका १३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्। 

उनले २३ वर्षीया महिलालाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। 

मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2020-11-19 15:37:00

प्रतिकृया दिनुहोस्