सरसफाइ तथा स्वच्छता कोष लगानी वृद्धि गर्न महत्वपूर्ण : विश्व नेता

फाइल तस्बिर

संयुक्त राष्ट्र संघका उपमहासचिव अमीना जे मोहम्मदले सबैजनालाई सरसफाइ सुविधामा सहज पहुँचका निमित्त सरसफाइ तथा स्वच्छता कोषले लगानी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताएकी छिन्।

 यो कोषले नयाँ लगानी संयन्त्रको रूपमा सरसफाइको क्षेत्रमा अर्बौं अमेरिकी डलर भित्र्याउने कुरा कोषको उद्घाटन कार्यक्रममा बताइन्।

अमीना जे मोहम्मद, संयुक्त राष्ट्र संघको उपमहासचिवले सुरक्षित सरसफाइ र स्वच्छता सर्वप्रथम त यो मानव प्रतिष्ठासँग सम्बन्धित छ र अर्को यो एक स्वास्थ्य समस्या पनि हो भनिन्। 

कोरोना महामारीले सरसफाइ र स्वच्छताले विभिन्न रोगहरूको संक्रमण रोक्न सक्छ भन्ने आधारभूत कुरा प्रवाहित गरेको छ तर यसले सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यको क्षेत्रमा गहिरो असमानताहरू रहेको कुरा उजागर गरेको छ। आधारभूत हात धुने सुविधा र शौचालयको सहज पहुँच दिगो स्वास्थ्य समुदायको सूचक रहेको कुरा उपमहासचिवले व्यक्त गरिन्।

यो अनलाइन उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय सञ्चारकर्मी जेनव बडाबीले सञ्चालन गरेकी थिइन् र यो कार्यक्रम यो कोषको वेबसाइट र यसको युट्युबमा उपलब्ध छ।

कोषले सबैका लागि सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका लागि ५ वर्षका लागि २ अर्ब अमेरिकी डलरको अपेक्षा गरेको छ।

‘हामीलाई थाहा छ कि पैसाको सही सदुपयोग भयो भने, यसले सकारात्मक र दिगो परिवर्तन ल्याउन मद्दत गर्दछ।’ यो कोषको कार्यकारी निर्देशक डोमिनिक ओ निलले बताए। ‘यो स्वास्थ्य सुधारका लागि संघर्ष मात्र नभएर यो आदर र आधारभूत मानव अधिकारका लागि लडाइँ पनि हो र कलंकको अन्त पनि हो।’

नाइजेरियाका उपराष्ट्रपति यमी ओसिनपाजोले सो कार्यक्रममा यो सरसफाइ र स्वच्छता कोष धेरै कुरामा जीवन रक्षकको रूपमा आएको कुरा बताए। ‘सबैभन्दा मन परेको यसको विशेषता भनेको यसका उपलब्धिहरू मापनयोग्य छन्।’

 युनिसेफका कार्यकारी अध्यक्ष हेनरिता फोरले सरसफाइ र स्वच्छतालाई बच्चाहरूका लागि महान् बराबरीको रूपमा व्याख्या गरेकी छिन्।
‘बन्दाबन्दीमा तपाईंले कसरी सामना गर्नुहुन्छ यदि परिवारमा शौचालय नै छैन भने ? यो विशेषतः महिलाहरू र युवतीहरूलाई गाह्रो हुन्छ। यदि सबैको घरमा, विद्यालयमा, समुदायमा र स्वास्थ्य सेवा केन्द्रहरूमा सरसफाइ र स्वच्छताको सहज पहुँच भएमा यसले विश्वमा ठूलो फरक पार्नेछ' उनले भनिन्।

‘राम्रो सरसफाइ सार्वजनिक सरोकारको विषय हुनुपर्छ। सरकारहरूले सरसफाइ आफ्नो समस्या हो भन्ने कुरा आत्मसात गर्नुपर्छ र उनीहरूसंग यी समस्याहरुको कुनै न कुनै उपायहरु हुन्छन्' फोरले भनिन् ।

हाल विश्वका आधाभन्दा बढी जनताहरूको सुरक्षित र व्यवस्थित सरसफाइमा पहुँच छैन। ६२ करोड बालबालिकाहरू उपस्थित हुने विद्यालयमा शौचालय छैनन्। ३ मध्ये १ विद्यालयमा आधारभूत सरसफाइ तथा स्वच्छता सेवाहरू र ५ मध्ये १ स्वास्थ्य सेवा केन्द्रहरूमा कुनै पनि सरसफाइ सुविधा उपलब्ध छैनन्।

यो कोष यूएनओप्सको मातहतमा रहन्छ। यूएनओप्सकी कार्यकारी निर्देशक ग्रीट फोरेमोले उपयुक्त सरसफाइ हरेक व्यक्ति, समुदाय र घरको विकासको मूल भागमा रहेको कुरा जानकारी दिइन्। ‘यूएनओप्स र यसका पूर्वाधारले शिक्षाचाहिँ उपयुक्त सरसफाइ सुविधामा केन्द्रित रहोस् भन्ने निश्चित गर्दछ।

यद्यपि, अहिले प्रगतिको गति हेर्ने हो भने दिगो विकास लक्ष्यहरू ६.२ सबैलाई सरसफाइ तथा स्वच्छता २२औं शताब्दीसम्म पनि पूरा हुँदैन। यसको मुख्य कारण नै विगतका दशकहरूमा यस क्षेत्रमा न्यून लगानी हुनु हो। यसले देशको र समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक उपलब्धिहरूमा नकारात्मक असर पर्दछ। सरसफाइ र स्वच्छताका क्षेत्रमा ठूला आकारका लगानीहरूको जरुरत छ।

‘अहिलेको विश्वमा जहाँ कोरोनाको महामारीमा सामाजिक र आर्थिक समस्या बेहोरिरहेको अवस्थामा यो कोष एउटा आशावादी संकेत हो। तुरुन्त अझ बढी गर्नुपर्ने अवस्था छ। यो कोषले सरसफाइ, स्वच्छता तथा महिनावारी व्यवस्थापनमा आवश्यक लगानी ल्याउनेछ।’ गिलबर्ट होङ्गबो, यूएन वाटरका प्रमुख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका निर्देशकले भने।

यो कोषले नेपाल लगायत अरू देशहरूमा जहाँ सरसफाइ तथा स्वच्छताको क्षेत्रमा ठूलो समस्या छ त्यहाँ सरसफाइ, स्वच्छता, महिनावारी स्वास्थ्य र नयाँ आविष्कारमा सहयोग प्रदान गर्दछ। 

प्रकाशित मिति: : 2020-11-19 15:56:00

प्रतिकृया दिनुहोस्