गाउँका सिंहदरबारमा रडाको : कहीँ आन्दोलन र तालाबन्दी, कतै नाम सुन्दै ‘एलर्जी’ !

लोकान्तर

कञ्चनपुर
तस्बिर : लोकान्तर

जीवन विष्ट

स्थानीय सरकार गठन भएको ३ वर्ष बितेको छ । गाउँ–गाउँमा सिंहदरबारको अधिकार पुग्ने चर्को नारा लगाइए पनि नागरिकहरूले त्यसको अनुभूति भने गर्न पाएका छैनन् ।

नागरिकलाई सेवा सुविधा गाउँघरमै पाउने भनिए पनि धेरैजसो स्थानीय तहले अपेक्षाअनुसार काम गर्न सकेका छैनन् । बरू जनप्रतिनिधि आन्तरिक किचलोमा छन् । जनप्रतिनिधि बीचको विवादमा सुदूरपश्चिम पनि अछुतो छैन । एकपटक फेरि हेरौँ, कहाँ–कहाँको स्थानीय तहमा विवाद उग्र छ । 

घोडाघोडीमा नाम सुन्दै ‘एलर्जी’ 

कैलालीको घोडाघोडी नगरपालिका बेला–बेलामा चर्चामा आइरहन्छ । नगरपालिका चर्चामा मात्रै सीमित छैन । यहाँ जनप्रतिनिधिबीच विवाद पनि उग्र छ । नगर प्रमुख ममताप्रसाद चौधरी र नगर उपप्रमुख प्रेमकुमारी थापाबीच कुनै समय त बोलचाल नै बन्दको अवस्था थियो । अहिले त्यो स्थिति नभए पनि कानूनले दिएको संवैधानिक अधिकारबाट समेत मेयर नेतृत्वको टोलीले उपप्रमुखलाई वञ्चित गराउन खोजेको भान भने उपप्रमुख थापालाई भइरहन्छ । 

प्रकाशित मिति: : 2020-11-22 16:09:00

प्रतिकृया दिनुहोस्