लुकाकुकाे दुई गाेलमा इन्टरको पूनरागमन जित

बिएल संवाददाता

काठमाडाै‌ं

इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोमाथि पूनरागमन जित निकालेको छ।

मिलानोमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ४–२ को जित हात पारेकाे हाे। दुई गोलले पछि परेको स्थितिमा रोमेलु लुकाकुले दुई गोल गर्नुका साथै दुई असिस्ट दिएका थिए।

यस्तै  एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले एक एक गोल थपे। टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो। 

खेलकाे ४५औँ मिनेटमा टोरिनोको सिमोन जाजाले अग्रता दिलाएका थिए। तर

यस्तै ६२औँ मिनेटमा टोरिनोले अग्रता दाेब्बर बनायाे।

एस्ले योङले पेनाल्टी बक्समा वेलफ्रेड सिंगोलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै टोरिनोलाई पेनाल्टी  दिएकाे थियाे। जसलाई क्रिस्टियन ड्यानियल एन्साल्डीले सदुपयाेग गरे।

 ६४औँ मिनेटमा सान्चेज गोलमा गर्दै खेल २–१ मा झारे।

 ६७औँ मिनेटमा सान्चेजको पासमा लुकाकुले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

यस्तै ८४औँ मिनेटमा  इन्टरले पेनाल्टी पायाे।

अचरफ हाकिमीलाई निकोलस एनकोउलोउले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै  पेनाल्टी प्रदान गरेको थियो। जसलाई लुकाकुले सदुपयाेगगर्दै व्यक्तिगत दोस्रो गोल गरे।

९०औँ मिनेटमा लुकाकुकै पासमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ४–२ को पूनरागमन जित दिलाए। 

जितसँगै इन्टर ८ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पराजित टोरिनो ५ अंकसहित १८औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-23 08:05:00

प्रतिकृया दिनुहोस्