वैदेशिक रोजगारीमा ठगीको महामारी

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- कोरोना महामारी जसरी नै वैदेशिक रोजगारीका नाममा श्रमिक ठगीको 'महामारी' फैलिएको छ। कोरोना महामारीका कारण कतिपय गन्तव्य मुलुकले विदेशी कामदार नलिएको अवस्थामा नेपालका म्यानपावर तथा एजेन्टले भिजिट भिसामा गन्तव्य मुलुकमा पुर्‍याएर काम लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति बढेको हो। 

म्यानपावरकै मिलोमतोमा एजेन्टहरुले मलेसिया, कतार, साउदी, युएईलगायत मुलुकमा भिजिट भिसामा पुर्‍याएर अलपत्र पारेका घटना बाहिरिन थालेका छन्। त्यस्तै 'फ्री भिसा फ्री टिकट'को व्यवस्था भएका मुलुकमा पनि म्यानपावर र एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी प्रतिकामदार ४ लाखसम्म रकम असुली गरेको भेटिएको छ।

त्यस्तै एउटा कम्पनीको डिमान्ड देखाएर अर्को कम्पनीमा पुर्‍याउने, सप्लाई कम्पनीमा पठाएर श्रमिकहरुलाई दुःख दिनेजस्ता हर्कत म्यानपावर व्यवसायी तथा उनीहरुकै एजेन्टबाट हुने गरेको देखिएको छ।

प्रकाशित मिति: : 2020-11-23 10:35:00

प्रतिकृया दिनुहोस्