भारतीय विदेश सचिव शृंगलाले उच्चस्तरीय भेटघाट गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्र मन्त्रालयले यही मङ्सिर ११ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने जनाएको छ। 

सोमबार एक विज्ञप्तिमार्फत भ्रमणका बेला शृंगलाले उच्च तहमा भेटघाट गर्ने जानकारी दिएको हो। 

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव शृंगलासहितको टोली र नेपाली प्रतिनिधिमण्डबीच बहुपक्षीय विषयमा छलफल हुने जानकारी दिएका छन्।

मङ्सिर ११ गते द्विपक्षीय छलफल हुने र केही विषयमा सम्झौता पनि हुने जनाइएको छ। 

भारतीय विदेश सचिव शृंगला १२ गते भारत फर्कने तालिका रहेको छ।   

प्रकाशित मिति: : 2020-11-23 15:28:00

प्रतिकृया दिनुहोस्