नेपाली पिज्जा ब्रान्डिङ गर्दैछन् यी दुई युवती

देशसञ्चार

काठमाडौँ
तस्बिर : देशसन्चार

पूर्णिमा बिक

भनिन्छ, ‘व्यवसायमा जति धेरै जोखिम त्यति धेरै नाफा।’ यही भनाइलाई अवलम्बन गर्दै ललितपुरस्थित सानेपामा दुई दिदीबहिनी

वत्सला श्रेष्ठ र मेघना सिंहले कोरोना महामारीकाबीच नयाँ उद्यम सुरु गरे ।

वत्सलाकाे मामाकी छाेरी हुन् मेघना।

कोरोना महामारीले धेरैको व्यवसाय ठप्प भयो, कैयौँ बेरोजगार । तर दुई दिदीबहिनीले महामारीलाई अवसरका रुपमा लिए। उनीहरुले ‘क्रिस्प  पिज्जेरिया’  नामक पिज्जा हाउस सञ्चालनमा ल्याए।

यस नयाँ उद्यमका लागि उनीहरुले महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ सहुलियत ऋण निकालेर सबै भौतिक पूर्वाधार जोडे।

अर्थ मन्त्रालयले असोज ७ गतेदेखि लागू हुने गरी ल्याएको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको छ।

उक्त ऋणका लागि उद्यम गर्ने महिला १८ वर्ष पूरा भएका हुनुपर्ने र व्यक्तिगत वा सामूहिक रुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितो राखेर ऋण पाउने छन्।

यसरी पाएको ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले ।

प्रकाशित मिति: : 2020-11-23 15:44:00

प्रतिकृया दिनुहोस्