‘प्रचण्डलाई फेरि महानायक बन्ने अवसर छ’

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

 युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतको संक्षिप्त परिचय हो– पूर्वमन्त्री, नेकपाका युवा नेता अनि प्रतिनिधिसभाका सांसद । यसबाहेक उनको अर्को पहिचान पनि छ – माओवादीको खरो आलोचक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केपी ओली पक्ष र प्रचण्डपक्षबीच अन्तरविरोध चर्किएका बेला महेश बस्नेतको भूमिका के होला ? पक्कै पनि उनी प्रचण्ड पक्षलाई भित्तामा पुर्‍याएर एमालेको पुनर्गठन गराउन चाहन्छन् भन्ने आम मानिसको बुझाइ छ । तर, अनलाइनखबरसँग अन्तर्वार्ताका क्रममा सांसद बस्नेत अलि भिन्नैरुपमा प्रस्तुत भए ।

सांसद बस्नेतले अब प्रचण्ड र माधव नेपालले उच्च स्तरको समझदारी गरेर पार्टीलाई बचाउनुपर्ने बताए । ओली पक्षबाट माधव नेपाललाई अलि बढी नै पेलिएको उनले स्वीकारे । साथै, अब केपी ओलीले प्रचण्डको पत्रको व्यक्तिगत जवाफ दिनतर्फ लाग्नु उपयुक्त नहुने पनि उनले बताए ।

‘मेराबारेमा धेरै भ्रमहरु हुन्छन् । तर, समय र तथ्यहरुले खण्डन गर्दै लगेको छ । पार्टी विभाजन गर्नुपर्छ र प्रचण्डलगायतको टीमलाई निष्काशनकै तहमा जानुपर्छ भनेर मैले कहिल्यै पनि भनेको छैन’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले त केपी ओलीपछि अध्यक्ष त प्रचण्ड नै हुनुपर्छ भन्ने आधारमा धारणा बनाइसकेको थिएँ ।’

तर, पछिल्लो बेलामा भने भेडा भेडासँग, बाख्रा बाख्रासँग भनेजस्तै पूर्वएमालेहरु नै एक ठाउँमा बसेपछि मात्रै यो मुभमेन्ट चल्छ कि भन्ने ठाउँमा आफूसहित धेरैजना पुगेको बस्नेतले बताए । यद्यपि पार्टी विभाजन गर्दा कसैलाई फाइदा नहुने भएकाले आफू विभाजन हुनुपर्छ भन्ने निश्कर्षमा नपुगेको उनले बताए ।

प्रकाशित मिति: : 2020-11-23 16:20:00

प्रतिकृया दिनुहोस्