बंगलादेशबाट फर्किएका सबै फुटबल खेलाडीकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ

बिएल संवाददाता

काठमाडाै‌ं

बंगलादेशमा आयाेजना भएकाे ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ खेलेर फर्किएका सबै नेपाली फुटबल टाेलीकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मंगलबार २५ खेलाडीकाे काेराेना परीक्षण गर्दा सबैकाे रिपाेर्ट नेगेटिभ आएको हो।

नेपाली टिम गत बिहीबार स्वदेश फर्किएका थिए। नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय भने कोरोना संक्रमित भएपछि ढाकामै रहेका छन्।

स्वदेश फर्किएपछि नेपाली टिम एन्फा को होस्टलमा क्वारेन्टाइनमा बसेका थिए।

यद्यपी उनीहरुलाई ट्रेनिङ क्याम्पमा लैजानु अगाडि १५ दिनकाे ब्रेक दिइएकाे छ।

नेपालले गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो।


 

प्रकाशित मिति: : 2020-11-24 12:22:00

प्रतिकृया दिनुहोस्