अफगानिस्तानमा दुई शक्तिशाली विष्फोट: दुई ट्राफिकसहित १४ को मृत्यु, ४५ घाइते

अफगानिस्तानमा दुई शक्तिशाली विष्फोटमा हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साथै यी घटनामा परी थप ४५ जना घाइते भएका छन्। 

बामियान प्रान्तमा सहरको मुख्य बजारमा भएको बिष्फाेटमा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका जनााइएकाे छ।

प्रहरीका अनुसार ति दुई बम लुकाएर राखिएकाे थियाे। 

यो विष्फोट कसले गराएको हो भन्ने विषयमा भने अझै खुल्न सकेको छैन। 
 

प्रकाशित मिति: : 2020-11-25 13:43:00

प्रतिकृया दिनुहोस्