पर्यटनमन्त्री भट्टराईले आफ्नो कोरोना बीमा भुक्तानीबाट आएको रकमले ३०० जनाको बीमा गराए

बिएल संवाददाता

काठमाडाै‌ं

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नाे कोरोना बीमा बापतको प्राप्त भुक्तानी रकम सर्वसाधारणमा खर्च गरेका छन् । 

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वकीय सचिवालयले बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३०० जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेकाे जानकारी दिएकाे हाे।

 मन्त्री भट्टराई कोरोना भाइरस संक्रमित भइ हाल संक्रमणमुक्त भइसकेका छन् ।

मन्त्री भट्टराईले यसअघि पनि आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए । 
 

प्रकाशित मिति: : 2020-11-25 14:03:00

प्रतिकृया दिनुहोस्