काठमाडौं आउँदै गरेको जिप त्रिशूलीमा खस्यो, आमाछोरीसहित ३ जना बेपत्ता

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिशुली नदीमा बिहीबार बिहान जिप खस्दा आमाछोरीसहित तीन जना बेपत्ता भएका छन्।

प्युठानबाट काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको जीप मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशुलीमा खसेको हो।

दुर्घटनामा गाडी चालक सूर्य केसी, गाडीमा सवार प्युठानको झिम्रुक गाउँपालिका ५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ।

जमुनाका श्रीमान मुकुन्दराज रोका भने  पौडी खेलेर बाहिर निस्कएका छन्।

रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

रोका राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन्। 

 

 

प्रकाशित मिति: : 2020-11-26 07:49:00

प्रतिकृया दिनुहोस्