बीबीसीको प्रभावशाली १०० महिलाभित्र परेकी नेपाली मुलकी बर्मेली नन्दु ज्ञवालीको विद्रोहको कथा

पहिलोपोष्ट

काठमाडौँ
तस्बिर : पहिलोपोष्ट

स्वेच्छा राउत

‘नाम त मेरो आयो। तर मैले जुन मान्यता पाएँ त्यसमा सम्पूर्ण बर्मेली महिलाको हक छ। उहाँहरूको काम र भोगाइको योगदान छ।’

यो भनाई हो नेपाली मूलकी बर्मेली नागरिक नन्दु ज्ञवालीको। बीबीसीको सन् २०२० लागि प्रभावशाली सय महिलाको सूचीमा नन्दु पनि परेकी छिन्।

विश्वभरका सय प्रभावशाली महिलाको नामको सूचीमा आफ्नो नाम अटाएको देख्नासाथ नन्दुले त्यसको खुशी सबैभन्दा पहिले आमासँग साटिन्। तर, म्यानमारको दुर्गम मानचाङमा रहेकी आमासम्म पुग्नुभन्दा अगाडि नै फैलिसकेको थियो खबर। नन्दुलाई बधाई र धन्यवाद व्यक्त गर्नेहरू उत्तिकै। उनले भने आफू मनोनित भएको खबर एक महिना अघि नै पाएकी थिइन्।

सन् २०१९ को मेमा उनी सिंगापुर गएकी थिइन्। त्यहाँ भर्खरै सञ्चारकर्ममा लागेकाहरूका लागि कार्यक्रम ‘स्प्लाइस बेटा’ आयोजना गरिएको थियो। नन्दुले पोडकास्ट सुरु गरेकी थिइन्। कार्यक्रमको छलफलसत्रमा उनी वक्ता पनि थिइन्। त्यहाँ उनले पोडकास्ट सुरु गर्नुको कारण, त्यसमार्फत् आफूले उठाएको विषय, त्यसका चुनौती आदिबारे बोलेकी थिइन्।

प्रकाशित मिति: : 2020-11-26 12:12:00

प्रतिकृया दिनुहोस्