गुल्मीमा भएको जिप दुर्घटना मृतकको संख्या ६ पुग्याे

गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ ।

शुक्रबार बिहान इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको ४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएकाे हाे। 

अर्का एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।

मृत्यु हुनेहरु इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन्। चालक वुद्ध बस्नेत भने सकुसल छन्।


प्रहरीका अनुसार जिपमा चालकसहित ९ जना सवार थिए । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । 

प्रकाशित मिति: : 2020-11-27 12:04:00

प्रतिकृया दिनुहोस्