संघीय र प्रदेशसभा सञ्चालनका अनुभव आदानप्रदानसम्बन्धी अन्तरक्रिया काठमाडौंमा

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ।

संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुुरु भएको हाे।

कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धु्रबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ।

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित छन्।

आज दिनभरको अन्तरक्रियापछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन संसद सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-11-27 13:23:00

प्रतिकृया दिनुहोस्