अश्वेत नागरिक कुटेको आरोपमा फ्रान्समा प्रहरी अधिकारी निलम्बन

अश्वेत नागरिकमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि फ्रान्स सरकारले गत बिहीबार आफ्नो केही प्रहरी अधिकारीलाई निलम्बन गरेको छ।

फ्रान्सबाट प्रकाशित हुने लुपसाइडर वेभसाइडले सुरक्षाका लागि राखिएको क्यामरामा कैद भएको भिडियो सार्वजनिक गरेपछि फ्रान्सका गृहमन्त्री गेरार्ड नार्मानिन आफैले निलम्बन गर्ने आदेश दिएका हुन्। 

शनिबारदेखि अनवरत देखिएको भिडियोमा कुटाइखाने व्यक्ति मिचेल जेक्लेर भएको पुष्टी भएको छ। उनी पेशाले वकिल हुन्। 

‘भिडियोमा देखिएको दृश्यको विषयमा बोल्न पनि गाह्रो छ। यो वास्तवमै चिन्ताजनक विषय हो। मैले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न आदेश दिएको थिए,’ मन्त्री डर्मानिनले बिहीबार राती टेलिभिजन अन्तर्वार्तामा बताए।

प्रकाशित मिति: : 2020-11-27 16:59:00

प्रतिकृया दिनुहोस्