पर्साको जिराभवनीमा राप्रपा र राजपा परित्याग गरि ७ सय नेता कार्यकता कांग्रेसमा प्रवेश

पर्साको जिराभवनी गाउँपालिका ५ मा लगभग ७ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सो वडामा पर्ने हरैया, सखुवनिया, शंकरसरैया तथा कोढौलीका करिब ७ सय जना राष्ट्रिय प्रजातन्त्र पार्टी र राजपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन्। 

पार्टी प्रवेश गर्नेमा मोहन राउत थारु, गणेश राउत थारु, रामराज राउत थारु, मोहन राउत थारु, अलपत्र भैया, मुक्तिनारायण दास, सुरेश दास, लालदेव दास, माया राउत अहिर, बिरजा राउत थारु लगायत छन्।

यता जिराभवानी गाउँपालिका ५ कांग्रेसका सभापति जगदीशप्रसाद गेडडा र केन्द्रीय सदस्य रमेश रिजालले नवप्रवेशीहरुलाई टिका तथा माला लगाई स्वागत गरेका थिए।

कार्यक्रममा नेता रिजालले बर्तमान प्रधानमन्त्रीले नै भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाए। 

‘सरकार काण्डै काण्डमा घेरिएको छ। जग्गा काण्ड, जहाज खरिद काण्ड, सुनकाण्ड लगायतमा सरकारले भ्रष्टाचार गरिरहेको छ। भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको छ,’ उनले भने।

भ्रष्टाचारीलाई संरक्षण गर्दै सरकारले ब्रह्मलूट मचाएको हुँदा अगामी निर्वाचनमा कांग्रेसको सरकार हुने कांग्रेसका जिल्ला सभापति अजय दुवेदीले दावी गरे। 

‘बर्तमान सरकारले गरिरहेको भ्रष्टाचार तथा अन्याय अत्याचार अन्य गर्न एक बिकल्प कांग्रेस पार्टी मात्र हो। निश्चय हुनु अर्को पटक हाम्रै सरकार बन्छ,’ उनले भने।

उनले कांग्रेसले जात, धर्म र रंग नभनि लडदै आएको पनि बताए। ‘कांग्रेस मात्र एउटा त्यस्तो पार्टी हो जहाँ हरेक क्षेत्रमा आदिवासी जनजाती, मदेशी, दलित, मुस्लिम भविष्य निर्माणका लागि राणा शासनदेखि हालसम्म लडदै आएको छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-11-28 10:34:00

प्रतिकृया दिनुहोस्