महासंघ चुनाव: वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

पराजित भएका किशोर प्रधानले एसोसिएटमा ३७५, बस्तुगतमा ३९ तथा जिल्ला नगरमा ५३ मत पाए ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।

अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

प्रकाशित मिति: : 2020-11-29 07:05:00

प्रतिकृया दिनुहोस्