ओली कमरेडले आफू अध्यक्ष नभए नेकपा सकिन्छ, प्रधानमन्त्री छोडे देश खत्तम हुन्छ सोच्नु हुन्न: अष्टलक्ष्मी शाक्य

सेतोपाटी

काठमाडाैं

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय स्वीकार्नु पर्ने बताएकी छन्।

उनले स्थायी कमिटी सदस्य शाक्यले पार्टीले कुनै पदबाट बिदा गर्न चाहे प्रधानमन्त्री ओली बिदा हुनु पर्ने बताइन्।

आफू अध्यक्ष नभए पार्टी सकिने र प्रधानमन्त्री नभएमा देश सकिने खालको सोच नराख्नसमेत प्रधानमन्त्रीलाई उनको सुझाव छ।

‘उहाँले अब सक्नुहुन्न ठूल्ठूला कुरा गरेर हुँदैन। मान्छेलाई धम्क्याएर लोभ देखाएर चल्दैन, सबैभन्दा पहिला दुइटा प्रतिवेदनमा छलफल चलाउनपर्‍यो। स्थायी र केन्द्रीय कमिटीमा पनि छलफल हुनपर्‍यो,’ उनले भनिन् ‘उहाँलाई बाटो देखाइदिन सक्छौं, उहाँले सहजता अपनाउनु पर्छ। उहाँ नै उदाहरण बन्नुपर्छ। पार्टीले यो पदबाट बिदा लिनुपर्‍यो भन्यो भने मान्नुपर्छ, पार्टीभन्दा उहाँ माथि होइन। उहाँले पार्टीको निर्णय मान्नुपर्छ।’उनले सचिवालयमा आएका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा ल्याउनु पर्नेसमेत बताएकी छन्। 

प्रकाशित मिति: : 2020-11-30 20:53:00

प्रतिकृया दिनुहोस्