आप्राकृतिक मैथुन गरेकाे कसूरमा पाेखराबाट एक फ्रान्सेली नागरिक पक्राउ

 बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेकाे कसूरमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका १७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला  पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ। 

उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए।
 

प्रकाशित मिति: : 2020-12-01 15:25:00

प्रतिकृया दिनुहोस्