'केटा भएर किन यो काममा लागेको भन्थे, अहिले म स्टेजमा उभिँदा ताली पिट्छन्'

सेतोपाटी

काठमाडौँ

जुना श्रेष्ठ

केही साताअघि मिस नेपाल अर्थ- २०१८, प्रिया सिग्देललाई क्याट–वक सिकाएको भिडिओ टिकटक र इन्स्टाग्राममा भाइरल भयो।

त्यस्तै मिस पिंक- २०१८, एन्जल लामा र मिस ग्र्यान्ड नेपाल- २०१९, निशा पाठकको क्याट–वक भिडिओमा पनि दर्शकले चासो देखाए। प्रिया र एन्जल मिस नेपाल युनिभर्स-२०२० को टप-२४ प्रतिस्पर्धी हुन्। निशा मिस इन्टरकन्टिनेन्टल- २०२० को प्रतिस्पर्धामा छिन्।

उनीहरू सबैलाई क्याट-वक सिकाउने प्रशिक्षक हुन्, सुजित बस्याल। 

यी भिडिओ सुजितकै कारण भाइरल भएका हुन् भन्दा फरक पर्दैन। 

'यो मेरो पेसा हो। तर भिडिओ बनाएर टिकटकमा हाल्दा भाइरल भयो,' सुजितले सेतोपाटीसँग भने, 'प्रतिक्रियामा धेरैजसो अचम्मित हुनुहुन्थ्यो। नेपालमा मोडलहरूलाई सिकाउने केटा कोरिओग्राफर पनि छन् र भन्ने खालको उहाँहरूको भाव थियो।' 

बुटवलका २६ वर्षीय सुजित मोडल कोरिओग्राफर हुन्। उनी महिला तथा पुरूष मोडललाई ब्युटी पेजेन्ट, मोडलिङ र र्‍याम्पमा हिँड्ने प्रशिक्षण दिन्छन्।

प्रकाशित मिति: : 2020-12-03 07:52:00

प्रतिकृया दिनुहोस्