बाँकेमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका ११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको हाे।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

 उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-04 09:35:00

प्रतिकृया दिनुहोस्